दाङ, २६ शनिबार ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तुलसीपुर नगर प्याब्सनकाे आयाेजनामा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएकाे छ । आज एक कार्यक्रमकाे आयाेजना गरी तुलसीपुर प्याब्सनले कक्षा (९-१०) र कक्षा (११-१२) का विद्यार्थीका बिच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे हाे ।
कक्षा ९ र १० सम्मकाे प्रतियोगितामा अमर माविका निशान दसौंदी प्रथम , मुना माविकी खुमा के सी द्वितीय , हिमाल एकेडेमीकी कृतिका थापा तृतीय र सप्तरङ्गी माविका प्रमाेद के सीले सान्त्वना स्थान लिएका थिए ।
त्यस्तै कक्षा ११ र १२ मा तुलसी माविकी लक्ष्मी हमाल प्रथम , हिमाल एकेडेमीकी प्रशंसा के सी द्वितीय र हाम्रो पहुँचका माेहम्मत आसिसिफ तृतीय भएका थिए ।
कार्यक्रममा २०८० एसइईमा सर्वाेकृष्ट जि पि ए (३.९५ ) छात्र र छात्रा तर्फबाट श्री दीप का ३ जना , मुना मावि , चन्द्राेदय र ज्ञानज्याेति पब्लिक बम्नैबाट १/१ जना गरी जम्मा ६ जनालाई सम्मान गरिएको थियाे ।
प्याब्सन तुलसीपुरका अध्यक्ष गिरिराज डाँगीकाे अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रमका लुम्बिनी प्रदेश सदस्य वासुदेव रिजाल, प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विजयमान जि एम, उपाध्यक्ष चक्रबहादुर रावत, काेषाध्यक्ष पाेषण न्याैपाने लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्याब्सन दाङका बरिष्ठ सल्लाहकार शरदकुमार शर्मा , सुनिता यादव र प्रेमलाल चाैधरी निर्णायक रहेका थिए ।
उपाध्यक्ष डम्बर डाँगीकाे स्वागत मन्तब्यबाट शुरु भएकाे कार्यक्रमकाे सहजीकरण सचिव विष्णु याेगीले गरेका थिए ।