सुनसरीमा काकाले गरे नाबालिक भतिजीकाे हत्या – Kanika Khabar
Friday, May 16Nepali News Portal

सुनसरीमा काकाले गरे नाबालिक भतिजीकाे हत्या

    मा प्रकाशित

सुनसरी, २६ साउन ।

सुनसरीमा काकाले नाबालिक भतिजीकाे हत्या गरेका छन् ।
जिल्लाकाे इटहरी उपमहानगरपालिका- ५ मा एक काकाले डेढ वर्षीया नाबालिग भतिजीको ब्लेडले चिरेर हत्या गरेका हुन् ।

डेरा गरी बस्ने शालिग्राम लुइँटेलले भतिजीको क्रूरतापूर्वक हत्या गरेको प्रहरीले जनाएको छ ।

शालिग्रामले भतिजी आइन्सु लुइँटेलको घाँटी र टाउकोमा ब्लेडले चिरेर हत्या गरेको इटहरी प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट ब्लेडसहित शालिग्रामलाई नियन्त्रणमा लिएको जनाएको छ । शालिग्रामले केही वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको र मानसिक रोगी जस्तो रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्