घोराही उपमहानगरले दरबन्दी मिलान गर्न बनायो समिति – Kanika Khabar
Thursday, September 19Nepali News Portal

घोराही उपमहानगरले दरबन्दी मिलान गर्न बनायो समिति

    मा प्रकाशित

दाङ, २६ साउन ।

दाङकाे घोराही उपमहानगरपालिकाले नगरभित्र शिक्षक दरबन्दी मिलानका लागि गृहकार्य गर्न समिति बनाएको छ ।

सामाजिक विकास समितिका संयोजक तथा घोराही १ का वडा अध्यक्ष राममणि पाण्डेको संयोजकत्वमा नगर शिक्षा समिति सदस्य जीवन गौतम, उद्धव न्यौपाने, केशव थापा र घोराही उपमहानगरको शिक्षा महाशाखा प्रमुख बिनोद गौतम रहेका छन् ।

दरबन्दी मिलानको नाममा शिक्षक मिलान नगर्न शिक्षा सरोकारवालाले सुझाब दिएका छन । दरबन्दी मिलानको गृहकार्य गरेर घोराहीका मेयर नरुलाल चौधरीलाई प्रतिवेदन बुझाएपछि शिक्षक सरुवा हुनेछ ।

खासगरी शिक्षक सरुवा शैक्षिक शत्र सुरु हुनु अगाबै गर्नुपर्नेमा अहिले सरुवा गर्न खोज्नुले अन्यौलता छाएको छ । अहिले सामुदायिक विद्यालयमा ३० प्रतिशत कोर्श पनि सिद्धिएको छैन ।

सामुदायिक विद्यालयमा दिन प्रतिदिन विद्यार्थी सङ्ख्या घट्दै गइरहेको छ भने नतिजा पनि साह्रै कमजोर रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्