दाङमा श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

दाङमा श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु

    मा प्रकाशित

दाङ, ३० साउन ।

दाङमा श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु भएकाे छ । जिल्लाकाे लमही नगरपालिका वडा नम्बर ९ स्याले निवासी चक्र बहादुर ‘श्याम कुमार कुमाल’को कुटपिटबाट उनकी श्रीमती अन्दाजी ४० वर्षीय ईश्वरी कुमालको मृत्यु भएको हो । घटना मङ्गलबार बेलुका करिब ८ बजेको हो ।

कुटपिटबाट मृत्यु भएकी ईश्वरीलाई छोडेर श्याम कुमार घर छोडेर भागेका थिए । उनलाई जलकुन्डीबाट गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । मृतकका श्रीमान श्याम कुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

स्थानीयका अनुसार कुमाल दम्पती दैनिक जसो मादक पदार्थ सेवन गर्ने, झैंझगडा गर्ने गर्दथे । अहिले ईश्वरीको शवलाई पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । उनीहरुका तीन छोरी एक छोरा छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्