सूचीकृत नहुने सहकारी खारेज गरिन्छ : नगर प्रमुख खड्का – Kanika Khabar
Monday, February 16Nepali News Portal

सूचीकृत नहुने सहकारी खारेज गरिन्छ : नगर प्रमुख खड्का

    मा प्रकाशित

तुलसीपुर, ३० साउन।

दाङकाे तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले सुचीकृत नहुने सहकारी संस्थालाई खारेज गरिने बताउनुभएको छ ।

आज तुलसीपुर उपमहानगरपालिकाले सहकारी सञ्चालकसँग आज गरेको छलफलमा मेयर खड्काले उपमहानगरले सहकारीलाई नियमन गर्न सूचीकृतकालागि आह्वान गरिएको भन्दै सूचीकृत हुन नआउने सहकारी संस्थाको दर्ता खारेजकालागि सम्बन्धीत निकायमा पत्राचार गरिने चेतावनी दिनुभयो ।

विभिन्न सहकारी बचतकर्तालाई ठगेर भागेको प्रसङ्ग उल्लेख गर्दै मेयर खड्काले सूचीकृत भएमा सबै सहकारीको वास्तविकता स्थानीय सरकारसँग रहने र बचतकर्तालाई ठगिबाट जोगाउन सकिने बताउनुभयो ।
‘सहरकारीको वास्तविक अवस्था बुझ्न स्थानीय सरकारमा सूचीकृत हुन आह्वान गरिएको छ ।’मेयर खड्काले भन्नुभयो,‘कारोवार बिग्रेको सहकारी भए हामी बचतकर्तालाई सचेत गराउँछौँ र ठगिनबाट जोगाउँछौँ ।’ तुलसीपुर उपमहानगरले उमहानगर भित्र सञ्चालनमा आएका सहकारीलाई सूचीकृत हुन सार्वजनिक सूचना जारी गरिसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्