साेलुखुम्बु, ३२ साउन ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे क्षेत्रमा भीषण बाढी आएकाे छ।
स्थानीयका अनुसार हिमताल फुटेकाे आशंका गरिएकाे छ। बाढीले थामे गाउँमा ठूलो क्षति पुर्याएकाे स्थानीयले बताएका छन्।
शुक्रबार दिउँसो एक्कासी बाढी थामे क्षेत्रमा अस्तव्यस्त बनेकाे छ।
जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले दुधकोशी तटीय क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्कता अपनाउन आग्र ह गरेकाे छ।
सोलुखुम्बुकाे खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे क्षेत्रमा आएको बाढीले खोटाङमासमेत जोखिम बढाएको छ।
खोटाङको दूधकोसी तटीय क्षेत्रमा उक्त बाढीले जोखिम बढाएको हो।
गृह मन्त्रालय विपद् महाशाखा प्रमुख डा. भीष्मकुमार भुषालले खोटाङको दूधकोसी तटीय क्षेत्रमा जोखिम बढेको र सतर्क रहन आग्रह गरेका छन्।
थामेगाउँमा शुक्रबार दिउँसो १ः४५ बजे आकस्मिक बाढी आएको खबर आएपछि सेना उद्धारका निम्ति पुगेको थियो । सेनाले १५ देखि २० घर पुरिएको हुन सक्ने पनि जनाएको छ ।
“थामेगाउँमा करिब १ः४५ बजे हिम पहिरो गएको खबर प्राप्त हुनासाथ नेपाली सेनाको उद्धार टोली परिचालित भई प्रभावित इलाकाबाट ६ जनाको उद्धार कार्य गरेको छ,” सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उक्त पहिरोमा परी १५ देखि २० घर पुरिएको भन्ने बुझिएको ।”
हालसम्म कुनै पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको सेनाले जनाएको छ ।


