थामे बाढी अपडेट : एकजना बेपत्ता, गाउँ अझै जोखिममा – Kanika Khabar
Monday, February 16Nepali News Portal

थामे बाढी अपडेट : एकजना बेपत्ता, गाउँ अझै जोखिममा

    मा प्रकाशित

सोलुखुम्बु, ३२ साउन ।
सोलुखुम्बुमा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामे गाउँमा पसेको बाढीमा परेर १ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेको यो समाचार तयार पार्दासम्म पहिचान हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बाढी गाउँमा पस्दा १ जना बेपत्ता भएको अनुमान गरेको छ। ४० भन्दा बढी घर रहेको थामे गाउँमा ७ घर पूर्ण रुपमा बगाएको छ। यस्तै होटल ५, स्वास्थ्य क्लिनिक पनि पूर्ण रुपमा क्षति भएको छ। यसैगरी ७ घर बाढीको जोखिममा रहेको छ भने बाँकी घरहरूमा पनि बाढी पसेको प्रहरीले जानकारी दिएको छ।

अहिले बाढी कम भएको छ। तर थामे गाउँको थामे खोलामा पहिरो जाँदा अझै यस क्षेत्र जोखिममा रहेको छ। बाढी प्रभावित क्षेत्रमा थाम्बुचे इलाका प्रहरी कार्यालय र अन्य युनिटबाट प्रहरीका साथै नेपाली सेवा परिचालन भएका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्