मा प्रकाशित
दाङ, ३२ साउन ।
दाङको घोराहीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । घोाहीको ट्राफिक चोकमा रा १ ख २२५४ नम्बरको टिप्परले रा १ ब ८८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकल चालक घाइते भएका छन् ।
घाइतेको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । मोटरसाइकल चालकको पहिचान अझैं खुलिसकेको छैन । घाइतेको अझै पहिचान भइनसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।


