७१औँ छन्दसङ्गम श्रृङ्खला सम्पन्न – Kanika Khabar
Monday, February 16Nepali News Portal

७१औँ छन्दसङ्गम श्रृङ्खला सम्पन्न

    मा प्रकाशित

साउन ३२ दाङ।

राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित मासिक कार्यक्रम अन्तर्गत ७१औँ श्रृङ्खलामा छन्दसङ्गम कार्यक्रम परिषदको सभाहलमा सम्पन्न गरिएको छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार तथा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाको प्रमुख आतित्यता तथा वरिष्ठ साहित्यकार गणेश विषमको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनाल, केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, वरिष्ठ साहित्यकार नारायण नेपाल, साहित्यकारहरू हरिप्रसाद पौडेल “स्वर्णशिखा” नगेन्द्र गुरु, धनसिंह गिरी,विना रोका, दामोदर पौडेल, सुरेश कुमार पाण्डे, नारदप्रसाद भण्डारी लगायतका कविहरूले आआफ्नो छन्दका सिर्जना वाचन गरेका थिए भने गीतकार प्रकाश के.सी. एकनारायण चापागाईं बहरमा गजल वाचन गरेका थिए ।
विश्व साहित्य सञ्जाल दाङका अध्यक्ष तथा वरिष्ठ साहित्यकार डा.कृष्णराज डी.सी.ले वाचित रचनाहरूको समीक्षा गरेका थिए । उनले वर्तमान समयमा हराउँदै गएको छन्द परम्परालाई छन्दसङ्गमले जोगाउने काम गरेको बताए । वरिष्ठ साहित्यकार साहित्यकार डी.सी.ले वाचित रचना उत्कृष्ट र मध्यम सामान्य गरी तीन स्तरको रहेको बताए । त्याग, तपस्या र साधनाले मात्र उत्कृष्ट स्तरको रचनाको जन्म हुने उनको मान्यता थियो।

कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष तथा वरिष्ठ गजलकार डा. टीकाराम उदासी, सिस्नुपानी नेपाल दाङका अध्यक्ष डा.लोकराज पराजुली, राती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर “राप्ती साहित्य परिषद् केन्द्रका कोषाध्यक्ष तथा साहित्यकार डा.खेमराज मल्ल, वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी, नयाँ युगबोध दैनिकका पत्रकार गोविन्द खड्का , रङ्गभूमि टेलिभिजनका सञ्चालक हुम रेग्मी, साहित्यकारहरू शरद गौतम, प्रदिपराज श्रेष्ठ, गोपाल भुसाल “अभिलाषी” गिरीप्रसाद पन्थी, महेशकुमार न्यौपाने , भुवन जी.सी., देवेन्द्र रिजाल, यशोदा के.सी .एकराज शर्मा अधिकारी लगायतको गरिमामय उपस्थिति रहेको थियो।

राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम के.सी.ले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्