कलश सहकारी संस्थाद्धारा कोरोना भाइरसका कारण बेरोजगार भएकाहरुलाई स्वरोजगार बनाउने कार्यक्रम सार्वजनिक – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

कलश सहकारी संस्थाद्धारा कोरोना भाइरसका कारण बेरोजगार भएकाहरुलाई स्वरोजगार बनाउने कार्यक्रम सार्वजनिक

    मा प्रकाशित

कनिका खबर
दाङ, साउन ५ ।
दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना भाइरसका कारण बेरोजगार भएका युवाहरुलाई स्वरोजगार गराउने योजना ल्याएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति—२०७७ सार्वजनिक गरे लगत्तै बसेको संस्थाको बैठकले ऋणमा लिने ब्याजदर घटाएर अधिकतम १४ प्रतिशतमा सिमिति गर्ने र बिभिन्न राहतमूलक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसका कारण विदेश तथा स्वदेशमा रोजगार गुमाइ बेरोजगार भएका युवाहरुलाई लक्षित गरी बिशेष कार्यक्रम गर्ने निर्णय गरेको हो । सहकारी संस्थाले रोजगारी गुमाएका युवाहरुका लागि १० प्रतिशतमा युवा स्वरोजगार ऋण दिने निर्णय गरेको हो । यसैगरी ब्यवसाय सञ्चालन गर्न चाहने युवाहरुका लागि सहुलियत दरमा ब्यवासायीक ऋण उपलब्ध गराउने निर्णय गरिएको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिए । स्वदेशमै केहि गर्न चाहने आफ्ना शेयर सदस्यहरुलाई सहुलियत ऋण प्राप्त गर्नका लागि सहज प्रक्रिया समेत अपनाइएको छ ।
संस्थाले शेयर सदस्यहरुको बचतमा उच्चतम ब्याज प्रदान गर्ने निर्णय समेत पारित गरेको छ । गत चैत्र ११ देखि असार मसान्तसम्मको लकडाउनको अवधिलाई मध्यनजर गर्दै शेयर सदस्यहरुले लिएको ऋणमा करिव १० लाख रुपैयाँ ब्याज तथा हर्जाना छुट दिएको छ । गत आर्थिक बर्ष २०७६÷२०७७ मा संस्थाले कुल ४६ लाख ३० हजार रुपैयाँ मुनाफा आर्जन गरेको संस्थाले जनाएको छ ।
युवाहरुको नेतृत्वमा संचालन भइरहेको सहकारी संस्थामा वेरोजगार युवाहरुलाई लक्षित गरी नेपाल युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय काठमान्डौंको सहकार्यमा सदस्यहरुलाई सहुलियतपूर्ण कर्जा उपलव्ध गराउने,शैक्षिक प्रमाण पत्र धितो राखेर वेरोजगार युवाहरुलाई शैक्षिक कर्जा उपलव्ध गराउने,पेन्सन बचत,उपदान बचत,दोब्बर भुक्तानी बाल बचत लगायतका लोकप्रिय बचत कार्यव्रmमहरुको संचालन गर्ने,विभिन्न सामुदायीक विद्यालयहरुमा अक्षयकोषको स्थापना गर्ने, आपतबिपतमा परेकाहरुलाई राहतमूलक कार्यक्रम सञ्चालन गर्ने लगाएतका कार्यहरु संस्थाले गर्दै आइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्