दाङ महिला जेसीजको सप्ताह सुरु – Kanika Khabar
Monday, February 16Nepali News Portal

दाङ महिला जेसीजको सप्ताह सुरु

    मा प्रकाशित

घोराही,१ भदौ

दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । दाङ महिला जेसीजले प्रत्येक बर्ष गर्दै आएको ‘जेसीज सप्ताह’ शनिवारदेखि सुरु भएको हो ।

दाङ महिजा जेसीजका अध्यक्ष जुनकुमारी बुढाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्य एवं उपप्रमुख चेतना चौधरीको विशिष्ट आतिथ्यमा जेसीज सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

सप्ताहव्यापी कार्यक्रमको उद्घाटनका अवसरमा बोल्ने वक्ताहरुले दाङ महिला जेसीजले सामाजिक क्षेत्रमा गर्दै आएको कामबाट समाजमा सकारात्मक प्रभाव परेको बताएका थिए । व्यक्तित्व र नेतृत्व विकासमा अग्रसर संस्थाका रुपमा रहेको दाङ महिला जेसीजले थुप्रै नेतृत्वकर्ता उत्पादन गर्न सफल भएको बताएका थिए ।

सप्ताहव्यापी कार्यक्रम भदौ ७ गतेसम्म सञ्चालन हुनेछ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भदौ २ गते आइतवार घोराही उपमहनगरपालिका वडा नं. १७ मा कानुनी पहिचान सम्बन्धी कार्यक्रम, भदौ ४ गते घोराही १४ लखनपार्कमा स्लो स्कृटी रेस, भदौ ५ गते नेपाल पत्रकार महासंघ दाङ शाखाको हलमा मनोविमर्श, भदौ ६ गते त्रिभुवन नगर जेसीजको हलमा धूपबत्ती बनाउने तालिम, भदौ ७ गते माता पवित्रादेवी सांगवेद संस्कृत माध्यावि शुक्रवारमा सहयोग हस्तान्तरण कार्यक्रम र भदौ ८ गते बाह्रकुने दहमा समापन गरिने जेसीज सप्ताहव्यापी कार्यक्रमकी मुल संयोजक मीना भण्डारी वलीले जानकारी दिएकी थिइन ।

कार्यक्रममा दाङ महिला जेसीजकी सस्थापक अध्यक्ष निर्मला गौतम, नेपाली कांग्रेस दाङकी सचिव बालिका लम्साल, नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का, त्रिभुवननगर जेसीज घोराहीका अध्यक्ष रविकिरण केसी, तुलसीपुरनगर जेसीजका अध्यक्ष पूर्णविक्रम डाँगी, लायन्स क्लव अफ घोराही सिटीका अध्यक्ष ओविन्द्र महरा, लायन्स क्लव अफ नारायणपुर सिटीका अध्यक्ष अभियान बस्नेत, बह्मकुमारीज इश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र घोराहीकी अन्जना दिदी, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख रामप्रसाद पाण्डेयलगायतले शुभमकामना मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रम संयोजक भीमा डिसीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमका सहभागीलाई कार्यकारिणी उपाध्यक्ष अर्चना शर्माले धन्यवाद ज्ञापन गरेकी थिइन । प्रकरण निर्देशक लक्ष्मी घमाल चौधरीको आस्थापाठबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव सुनिता अधिकारीले गरेकी थिइन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्