परराष्ट्रमन्त्री देउवा भारत जाँदै – Kanika Khabar
Monday, February 16Nepali News Portal

परराष्ट्रमन्त्री देउवा भारत जाँदै

    मा प्रकाशित

काठमाडौं, २ भदाै ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज छिमेकी मित्रराष्ट्र भारत भ्रमणमा जाँदै छिन् ।

भारतीय समकक्षी डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा पाँच दिनको भ्रमणका लागि त्यसतर्फ जान लागेकी हुन् ।

भ्रमणमा राणासँगै परराष्ट्र मन्त्रालयको दक्षिण एसिया डिभिजनका भृगु ढुंगाना पनि जाने छन् ।

भ्रमणका क्रममा दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझै प्रगाढ तुल्याउने तथा नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धननबारे छलफल हुने बताइएको छ ।

परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्