दाङ , २ भदाै ।
दाङको राजपुर गाउँपालिका वडा ७ मावि सिक्टाका पदच्युत भएका प्रधानाध्यापक विष्णु खत्रीलाई राजपुर गाउँपालिकाले २४ घण्टे स्ष्टीकरण सोधेको छ ।
लामो समयदेखि मावि सिक्टामा विद्यालय व्यवस्थापन समिति गठन नगरेको र मावि सिक्टाका सिनियर शिक्षक भरत बस्नेतले शिक्षा ऐन अनुसार २०२८ सम्साेधन सहित शिक्षा नियमावली २०५९ संशाेधनसहित २०८१जेष्ठ २९ गते पालिकामा निवेदन दिएकाे र राजपुर पालिकाले स्थायी शिक्षक सिर्जना खनाल र देबबहादुर बस्नेतलाई साेध्दा उहाँहरुले जिम्मेवारी नलिने भनी निवेदन पेस गरेका कारण पालिकाले २०८१ साउन ३१ गते भरत बस्नेतलाई निमित्त प्रअकाे जिम्मेवारी दिएकाे थियाे ।
बस्नेतले जिम्मेवारी पाइसकेपछि पदच्युत प्रअ खत्रीले आफ्नाे सामाजिक सञ्जाल फेसबुकमा पालिका अध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख लगायतलाई कर्मचारीलाई तथानाम गालीगलाेज गर्ने, पदभार गर्दा निमित प्रअलाई कुर्चिबाट लतार्ने लगायतका घटनामा खत्रीकाे संलग्नता देखिएकाे विषयमा राजपुर गाउँपालिकाले २४ घण्टे स्पष्टीकरण साेधेकाे हाे ।
राजपुर गाउँपालिकाले साेधेकाे स्पष्टीकरणमा लेखिएको शिक्षक जस्ताे मर्यादित पदमा आसिन भयकाे व्यक्तिले यस्ताे गतिविधि कुन ऐन कानुन बमाेजिम गर्नुभएकाे हाे ? शिक्षा नियमावली २०५९ (संशाेधन सहित ) काे नियम १० बमाेजिम २४ घण्टा भित्र आफै उपस्थित भई लिखित स्पष्टीकरण दिनु उल्लेख गरिएकाे छ।
पालिकाले शिक्षा ऐन अनुसार काम गर्दा शिक्षकबाट भएकाे गलत गतिविधि ठहर गर्दै स्पष्टिकरण साेधेकाे शिक्षा शाखा प्रमुख केशव लम्सालले बताउनुभयो |
मावि सिक्टाका पदच्युद प्रधानअध्यापक विष्णु खत्रीले आफ्नाे फेसवुकमा राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथाेकी, प्रमुख प्रशासकीय अधिकृत विष्णु पाण्डे , शिक्षा शाखा प्रमुख केशव लम्साल लगायतका कर्मचारीलाई नकारात्मक टिकाटिप्पणी लेख्नुकाे साथै पालिकाबाट जिम्मेवारी दिएका निमित्त प्रअ भरत वस्नेतलाई पदभारका क्रममा कुर्चीबाट लतारेकाे आराेप लगाइएकाे छ।


