बझाङमा पहिराेमा परी एकै घरका चारजनाको मृत्यु – Kanika Khabar
Monday, February 16Nepali News Portal

बझाङमा पहिराेमा परी एकै घरका चारजनाको मृत्यु

    मा प्रकाशित

बझाङ , ३ भदाै ।

बझाङमा गएकाे पहिराेमा परी बेपत्ता भएका चारैजनाकाे शव फेला परेकाे छ । अविरल वर्षासँगै गएको पहिरोले पुरिएर बेपत्ता भएका चारजनाको मृत्यु भएको हाे ।

साेही पहिराेमा परेका छजनाले भने भागेर बाँच्न सफल भएका छन् ।

जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर १० टुमेडामा गएराती वीरा धामीको घर माथिबाट गएको पहिरोले पुरिएर बेपत्ता भएका चारजनाको शव आज बिहान निकालिएको हो ।

मृत्यु हुनेमा एकै परिवारका ५५ वर्षीया काली धामी, २५ वर्षीया गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्