बझाङ, ३ भदौ ।
आइतबार राती बझाङमा गएको पहिरोमा परी एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् । अविरल वर्षासँगै गएको पहिरोले पुरिएर बेपत्ता भएका चारजनाको मृत्यु भएको हो । पहिरोमा परी बझाङका बीरबहादुर धामीको परिवारका चारजनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले घरमाथिबाट पहिरो खस्दा चार जना गुमाएकालाई प्रतिव्यक्ति एक लाख राहत दिने भएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोमा परेर ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै राहत दिने घोषणा गरेका हुन्।
धामीसहितका अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका थिए ।


