मानवसेवा आश्रममा खाद्यान्न वितरण – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

मानवसेवा आश्रममा खाद्यान्न वितरण

    मा प्रकाशित

दाङ । दाङ जिल्ला फोटोग्राफर एसाेसियसनले १८५ औ विश्व फोटोग्राफी दिवस मनाएकाे छ । दिवसको अबसरमा एसाेसियसनले मानव सेवा आश्रम तुलसीपुर दाङमा फलफूल तथा खाद्यान,चामल तेल वितरण गरेको हाे ।
संस्थाले विभिन्न अवसरमा रक्तदान, सरसफाई लगायतका सामाजिक कार्य गर्दै आएकाे छ । यस पटक संस्थाले खाद्यान्न वितरण गरेकाे छ ।

संस्थाका अध्यक्ष दुर्गा प्रसाद चौधरीले संस्थाको उद्देश्य र संस्थाको महत्वको बारेमा जानकारी दिदै मानव सेवा आश्रम तुलसीपुरका संयोजकलाई खाद्यान्न बुझाएका थिए । कार्यक्रममा दाङ जिल्ला फोटोग्राफर एसाेसियसनका अध्यक्षसहित कार्य समितिका पदाधिकारी ,सल्लाहाकार तुलसीपुर शाखा अध्यक्ष, लमही शाखाका सचिव लगायतकाे उपस्थिति रहेकाे थियाे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्