लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत – Kanika Khabar
Monday, February 16Nepali News Portal

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

    मा प्रकाशित

दाङ, ४ भदौ ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन्। आज मङ्गलबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी राखेको प्रस्तावका पक्षमा दुई तिहाइ सांसदहरूले मत दिएका हुन्।

८७ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री आचार्य ७० मत प्राप्त गरेका थिए । उनलाई एमालेका २९, काङ्ग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३–३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिएका हुन् । माओवादी केन्द्रका ११, राप्रपाका ४ तथा एकीकृत समाजवादी र जनमोर्चाका एक एक सांसद प्रतिपक्षमा छन् ।

आचार्य नेकपा (एमाले) संसदीय दल नेता पनि हुन्। उनी नेपाली काङ्ग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्