संविधान संशोधनको कुरा उठ्नु शङ्कास्पद छ : उपमहासचिव पुन – Kanika Khabar
Tuesday, September 17Nepali News Portal

संविधान संशोधनको कुरा उठ्नु शङ्कास्पद छ : उपमहासचिव पुन

    मा प्रकाशित

दाङ, ४ भदौ ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले २०७२ को संविधान कार्यान्वयनको चरणमै रहेको बेला संशोधनको कुरा उठ्नु देश र जनताका लागि शङ्कास्पद रहेको बताएका छन् ।

प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपमहासचिव पुनले माओवादी पार्टी एजेन्डासहित सरकारमा बसेर संविधानका अङ्गहरु कार्यान्वयन गरे पनि अहिले संसदका दुई ठुला दलले संविधान संशोधनको कुरा एकाएक उठाउनु शङ्कास्पद रहेको तर्क गरेका हुन् ।

नेता पुनले एक दशकमा संविधानको अवस्था बारे समीक्षा गर्न सकिने भए पनि संसदीय व्यवस्था, समानुपातिक प्रणालीलगायत मूल विषयलाई गिजोल्न खोज्ने षडयन्त्र भए माओवादी चुप लागेर नबस्ने चेतावनी दिए ।

सार्वभौमसत्ता बाहेक अरु विषय परिमार्जन हुने अवस्थामा अहिले पनि संविधानले व्यवस्था गरेका प्रहरी ऐन, निजामती सेवा ऐन, शिक्षा ऐन लगायत थुप्रै विषय कार्यान्यन गर्ने चरणमा रहेको हुँदा अहिले नै संघीयताको पूर्ण कार्यान्वयन नहुँदै संविधान शंसोधनको कुरा उठ्नु पश्चगामी कदमको संकेत रहेको टिप्पणी गरे ।

२०४८ देखि हालसम्मको संसदीय व्यवस्थामा गरिएको अभ्यासमा अहिलेको अभ्यास परिस्कृत रहेको बताउँदै उनले सरकारमा रहेको बेला माओवादी पार्टीले भ्रष्टाचार विरुद्धको अभियानमा चालेको कदममा जनताको साथ र प्रशंसा भइरहेको बताए ।

उनले माओवादी केन्द्रको हालै सम्पन्न स्थायी कमिटी बैठकबाट पारित एजेन्डालाई सार्थक बनाउन जनताको बिचमा जाने बताए । उनले अब सरकार बाहिर रहेर देशमा सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा काम गर्ने जिम्मेवारी माओवादीलाई आएको उल्लेख गर्दै सडक, सदन र जनताको बिचमा रहेर सुशासन र सामाजिक न्यायका पक्षमा एजेन्डासहित काम गर्ने बताए ।

प्रेस सेन्टर नेपाल दाङका कार्यबहाक अध्यक्ष अनिता पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव जनक नेपालीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्