प्रेस सेन्टर नेपाल दाङका उपाध्यक्षले दिए राजीनामा – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

प्रेस सेन्टर नेपाल दाङका उपाध्यक्षले दिए राजीनामा

    मा प्रकाशित

दाङ, ४ भदौ ।
प्रेस सेन्टर नेपाल दाङ शाखाका उपाध्यक्ष दामोदर बस्नेत (राकेश) ले पदबाट राजीनामा दिएका छन्। आज मङ्गलबार एक विज्ञप्ति जारी बस्नेतले पदबाट राजीनामा दिएका जानकारी दिएका हुन् । बस्नेतले विज्ञप्ति जारी गर्दै आफू अब उप्रान्त प्रेस सेन्टर नेपालको कुनै पनि जिम्मेवारीमा नरहने गरी हाल कार्यरत रहेको दाङ जिल्ला उपाध्यक्ष पदबाट राजीनामा दिएको बताएका छन् ।

विगत २ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका बस्नेत लामो समयसम्म नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको जिल्ला उपाध्यक्ष र तुलसीपुर उपमहानगरको अध्यक्ष पदमा रही सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए ।

घरायसी कामकाजका कारण आफूले संगठनका लागि समय दिन नसक्ने अवस्था आएपछि आफूले पदबाट राजीनामा दिएको कुरा विज्ञप्तिमा उल्लेख गरेका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्