काठमाडौँ, ५ भदौ ।
चलचित्र विकास बोर्डको रक्ति रहन गएको अध्यक्ष पदमामा आवेदन दिएका आकांक्षीहरुको आज अन्तर्वार्ता हने भएको छ । आवेदन दिएका आकांक्षीहरुमध्ये तीन जनालाई आज अन्तर्वार्ताका लागि डाकिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्षमा आवेदन दिएकामध्ये अर्जुन कुमार डंगोल, करिश्मा मानन्धर र दिनेशराज दाहाल (दिनेश डि.सी.) लाई आज अन्तर्वार्ताका लागि बोलाएको हो।
यस्तै आवेदन दिएका आकांक्षीहरु दीपा पाण्डे बस्नेत, प्रकाश भट्टराई र राजेश थापालाई भोलि अन्तर्वार्ताका लागि बोलाइएको मन्त्रालयले जनाएको छ।
भुवन केसीको कार्यकाल सकिएसँगै साउन ९ गतेबाट बोर्डको अध्यक्ष पद रिक्त रहेको छ।


