दाङमा कुवा सफा गर्दा दुईजनाको मृत्यु – Kanika Khabar
Monday, February 16Nepali News Portal

दाङमा कुवा सफा गर्दा दुईजनाको मृत्यु

    मा प्रकाशित

दाङ, भदौ ५ ।

दाङ तुलसीपुरको दमारगाउँमा इनार सफा गर्न भनेर पसेका दुई जनाको निसास्सिएर मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना किशोर र अर्का युवक छन् ।

तुलसीपुर उपमहानगरपालिका – १३ दमारगाउँका १६ वर्षीय मुकेश बिक र ३८ वर्षीय रामबहादुर नेपालीको इनारभित्रै निसास्सिएर मृत्यु भएको हो ।
उनीहरु बिहान १० बजेतिर इनारमा पसेका थिए । तर, उनीहरु भित्रै अचेत भएको देखेपछि स्थानीयलाई प्रहरीलाई खबर गरेका थिए ।

खबरपछि प्रहरी पोस्ट दमारगाउँबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको कमाण्डमा दुई जना प्रहरी घटनास्थल पुगेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रशाद श्रेष्ठको नेतृत्वमा आठ जना परिचालन भएका थिए ।

उनीहरुबाट मात्रै उद्धार सम्भव नभएपछि नेपाली सेनाको अम्बापुर बेस क्याम्पवाट रमेश पराजुलीको कमान्डमा तीनजनाको टोली खटिएको थियो ।

इनार भित्रै फसेका दुई जनाको उद्धार पछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । बिहान ११ बजेतिर अस्पताल पु¥याउनासाथ दुबै जनालाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

दुबै शवहरु पोस्टमार्टमको लागि अस्पतालमा राखिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्