घोराहीमा एमसी आइटी सर्भिसेस कम्पनी स्थापना – Kanika Khabar
Monday, February 16Nepali News Portal

घोराहीमा एमसी आइटी सर्भिसेस कम्पनी स्थापना

    मा प्रकाशित

दाङ, ५ भदौ ।
अम्बिकेश्वरी इनोभेसन सेन्टरले दाङको घोराहीमा एमसी आइटी सर्भिसेस कम्पनी स्थापना गरेको छ । आइटी सम्बन्धी सम्पूर्ण तालिम प्रदान गर्ने उद्देश्यले कम्पनी स्थापना गरिएको अम्बिकेश्वरी कलेजका प्रिन्सिपल चन्द्रप्रकाश खनालले बताए । कम्पनीले विश्वविद्यालय र विद्यालय तहका विद्यार्थीहरूलाई आइटी सम्बन्धी तालिम प्रदान गरिने छ ।

कम्पनीले अन्तराष्टिैयस्तरको आइटी सम्बन्धी सेवा प्रदान गर्ने खनालले बताए । सरकारी तथा गैर सरकारी क्षेत्रका लागि सफ्टवेयर निर्माणको काम पनि गरिने छ ।

यसैबिच कम्पनीको एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । अम्बिकेश्वरी क्याम्पसका प्रमुख चन्द्रप्रकाश खनालको अध्यक्षता एवम् एनएसएस कम्पनी थाइल्यान्डका कार्यक्रम निर्देशक सुरेशसिंह घलेको प्रमुख आतिथ्यता, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सविन प्रियासनको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको सञ्चालन कलेजका निर्देशक बसन्तप्रसाद रिजालले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्