मावि सौडियारमा ७ लाख राशिको अक्षयकोश स्थापना – Kanika Khabar
Tuesday, September 17Nepali News Portal

मावि सौडियारमा ७ लाख राशिको अक्षयकोश स्थापना

    मा प्रकाशित

दाङ, भदौ ५ ।

श्री मावि सौडियारमा घोराही उपमहानगर पालिका वडा नम्बर ७ बेसाही निवासी शैक्षिक व्यक्तित्व तथा समाजसेवी खेमराज शाहले आफ्नो हजुरबुबा ,हजुरआमा,बुवा,आमा र धर्म पत्नीको स्मृतिमा ७ लाख रुपैयाँ अक्षयकोष स्थापना गरेका छन् ।

विद्यालयमा एक कार्यक्रमकाबिच शाहले दुर्गादेवी शाह, गिरीराज शाह, लक्ष्मी शाह, पिमा कुमारी शाह, हीरादेवी शाह, मानकुमारी शाह र टिकादेवी शाहको स्मृत्तिमा प्रतिभा पुरस्कार स्थापना गरी ७ लाखको अक्षयकोष खडा गरेका हुन् ।

अक्षयकोषदाता शाहले शैक्षिक अगुवा श्यानराज शाह, भुपबहादुर शाह र रुपेश विक्रम सिंह वलीको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराई र विद्यालयका प्रधानाध्यापक नन्द वलीलाई सो रकमको चेक हस्तान्तरण गरेका थिए । आफूले सानो उमेरमा पढेको र जन्मस्थानमा भएको विद्यालयमा जेहेन्दार, गरिब, विपन्न समुदायका बालबच्चाहरुको पढाइमा सहयोग पुर्‍याउने उद्देश्यले अक्षयकोष स्थापना गरेको भन्दै रकमको सदुपयोग गर्न शाहले आग्रह गरे । सो रकमको प्रत्येक वर्षबाट हुन आउने ब्याजबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार छात्र छात्राहरुले सो प्रतिभा पुरस्कार प्राप्त गर्ने विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कँवरले बताए ।

विद्यालयमा हाल सम्मकै उच्च रकमको अक्षयकोष स्थापना गर्ने खेमराज शाह लगायत उनको परिवारलाई विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराई, शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कँवर र प्रधानाध्यापक नन्द वलीले धन्यवाद दिदै आउँदा दिनमा पनि सहयोग गर्न अनुरोध गरेका छन् । सो अवसरमा अक्षयकोषदाता शाहलाई खादा, टिका लगाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्