घोराही, भदौ ६।
दाङको घोराहीस्थित महेन्द्र वहुमुखी क्याम्पसमा सुतली बम बिष्फोट गराएको आरोपमा दुई बिद्यार्थी पक्राउ परेका छन् ।
मोटरसाइकलमा आएका दुई जना ब्यक्तिले क्याम्पसमा आएर सुतली वम पड्काएर भागेको र उनीहरुलाई भाग्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रामप्रशाद तिमल्सिनाले बताए ।
पक्राउ पर्नेमा प्लसटु सकेका घोराही उपमहानगरपालिका – १५ भरतपुरका अभियान थापा र सुभम कार्की छन् ।
पक्राउ परेका दुवै जनाले रमाइलोका लागि वम पड्काएको स्वीकार गरेको प्रहरी समक्ष बयान गरेका छन् ।
घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।


