मर्स्याङ्दीमा यात्रुबहाक बस खस्यो – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

मर्स्याङ्दीमा यात्रुबहाक बस खस्यो

    मा प्रकाशित

तनहुँ, ७ भदौ ।
तनहुँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा यात्रुबाहक बस खसेको छ । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय नम्बर प्लेटको बस रहेको प्रहरीले जनाएको हो ।

झण्डै ४० यात्रु रहेका सो बसको नम्बर युपी ५३ एफटी ७६२३ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १५ जना अचेत अवस्थामा रहेको गृहमन्त्रालयले जनाएको छ ।

पृथ्वी राजमार्गको आँबुखैरेनी(मुग्लिङ सडकखण्डमा पर्ने ऐनापहरा आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ मा पर्छ । सो भारतीय बस शुक्रबार बिहान करिब साढे ११ बजेतिर सडकबाट खसेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्