तनहुँ, ७ भदौ ।
तनहुँमा भएको बस दुर्घटनामा परी १४ जना यात्रुहरुको मृत्यु भएको छ । जिल्लाको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बसमा चालक, सहचालकसहित ४३ जना थिए ।


