मुग्लिन–नारायणगढ सडकखण्डमा ढुङ्गा खसेर लाग्दा बस पल्टियो – Kanika Khabar
Monday, February 16Nepali News Portal

मुग्लिन–नारायणगढ सडकखण्डमा ढुङ्गा खसेर लाग्दा बस पल्टियो

    मा प्रकाशित

मुग्लिन, ७ भदौ ।
चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा माथिबाट खसेको ढुङ्गाले लाग्दा एक यात्रुबहाक बस पल्टिएको छ । जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा माथिबाट खसेको ढुङ्गाले लाग्दा यात्रुबहाक बस दुर्घटना भएको हो ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि आज दिउँसो १ः५० बजेतिर ढुङ्गा खसेको थियो । माथिबाट खसेको ढुङ्गाले लाग्दा बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ११ जना यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्