जेसिज सप्ताहकाे छैठौं दिन : सहयाेग हस्तान्तरण – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

जेसिज सप्ताहकाे छैठौं दिन : सहयाेग हस्तान्तरण

    मा प्रकाशित

दाङ, ७ भदाै ।

दाङ महिला जेसीजकाे सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सहयाेग हस्तान्तरण गरिएको छ । दाङको घाेराही उपमहानगरपालिका वडा नम्बर ७ स्थित
माता पवित्रादेवी सांगवेदमा जेसीज सप्ताहव्यापी कार्यक्रमको छैटाैँ दिन सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हाे ।

कार्यक्रममा मातृभुमि लगुबित्त क्षेत्रीय संयोजक पवन योगी, गुरु बा भारत भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष जुनकुमारी बुढाको अध्यक्षता तथा नेपाल महिला संघका अध्यक्ष बिमला याेगीकाे प्रमुख आथित्य तथा नेपाल महिला सामुदायिक केन्द्रका अध्यक्ष निर्मला न्यौपाने र माता पवित्रादेवी सांगवेद संस्कृतका माता सतोष सुबेदीकाे विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

सप्ताहव्यापी कार्यक्रम मूल संयोजक मिना भण्डारी र संयोजक संगीता राेकाय रहेका थिए ।

कार्यक्रममा माया चाैधरीले जेसिज आस्था पाठ गरेकी थिइन् भने अर्चना शर्माले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमकाे सहजीकरण भिमा डी सीले गरेकी थिइन्। यही भदाै १ गतेदेखि `जेसिज सप्ताह २०२४´ सञ्चालन भएकाे छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्