मर्स्याङ्दी बस दुर्घटना: मृतककाे सङ्ख्या २७ पुग्याे – Kanika Khabar
Monday, February 16Nepali News Portal

मर्स्याङ्दी बस दुर्घटना: मृतककाे सङ्ख्या २७ पुग्याे

    मा प्रकाशित

तनहुँ, ७ भदाै ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहारामा भएको बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या २७ पुगेकाे छ।

शुक्रबार बिहान पाेखराबाट काठमाडाैँतर्फ आउँदै गरेकाे युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस ऐनापहाराबाट मर्स्याङ्दी नदीमा खसेकाे थियाे।

चालक र सहचालकसहित ४३ जना भारतीय नागरिक सवार बस दुर्घटनामा २७ जनाकाे मृत्यु भएकाे हाे भने १६ जना घाइते भएका हुन्।

घाइते भएका १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएकाे छ।

२७ मृतककाे शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरेर परिवारलाई बुझाइने प्रहरीले बताएकाे छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्