दाङमा आज – Kanika Khabar
Monday, February 16Nepali News Portal

दाङमा आज

    मा प्रकाशित

दाङ, ८ भदौ ।
आज भदौ ८ गते शनिबार । हरेक दिन विभिन्न कार्यक्रम हुँदै आएको दाङ जिल्लामा आज पनि विभिन्न कार्यक्रम हुँदै छन् । कनिका खबर डट कमले ‘दाङमा आज’ स्तम्भको सुरुआत गरेको छ । कनिका खबरलाई प्राप्त जानकारी, सुचना तथा निमन्त्रणका आधारमा यो स्तम्भमा कार्यक्रमहरु समेटिएका छन् । हाम्रो टिमलाई प्राप्त भएका खबर अनुसार आज हुने कार्यक्रमका बारेमा जानकारी गराइएको छ ।

कनिका खबरलाई प्राप्त सूचना अनुसार आज दाङमा हुने कार्यक्रमहरु

१. आज भदौ ८ गतेदेखि दाङ महिला जेसिजले ‘जेसिज सप्ताह २०२४’ समापन कार्यक्रम रहेको छ । आज कार्यक्रमको अन्तिम दिन संस्थाले सप्ताहव्यापी कार्यक्रमको समापन गर्ने छ । आज बिहान ११ बजे एक बाह्रकुने दहमा एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको समापन गरिने छ ।

२. निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) घोराही नगर कमिटीको आयोजनामा कक्षा १देखि ३ सम्मका विद्यार्थीका लागि चित्रकला प्रतियोगिता र कक्षा ४ देखि ५ सम्मका विद्यार्थीका बिचमा स्पेल बी कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम बिहान ११ बजे ग्यालेक्सी एकेडेमीमा हुने छ ।

३. नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा बिहान ८ः३० बजे लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीलाई स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

४. दाङको राजविद्या पाठशालाले आज बिहान ११ बजे अभिभावक भेला तथा अभिभावकका लागि तीज मिलन कार्यक्रमको आयोजना गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्