जिल्ला फोटोग्राफर एसोसियसनको १६ औं साधाणसभामा – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

जिल्ला फोटोग्राफर एसोसियसनको १६ औं साधाणसभामा

    मा प्रकाशित

हिमाल महरा

दाङ,८ भदौ ।
नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले नयाँ नयाँ प्रविधिको विकाससँगै फोटोग्राफी व्यवसायमा अवसरसँगै चुनौती थपिएको भन्दै त्यसबाट बच्नका लागि व्यवसायीमा नयाँ प्रविधिको ज्ञान आवश्यक रहेको बताए ।

दाङ जिल्ला फोटोग्राफर एसोसियसनको १६ औं साधारणसभालाई शनिबार घोराहीमा सम्बोधन गर्दै महासंघका अध्यक्ष उपाध्यायले नयाँ प्रविधि सम्वन्धी ज्ञानले व्यवसायमा सहजतासँगै व्यवसायको विकासमा सहयोग गर्ने भन्दै व्यवसायीलाई क्षमता अभिवृद्धिमा ध्यान दिन आग्रह गरे । त्यसका लागि फोटोग्राफर महासंघ सधै तयार रहेको भन्दै त्यसको वातावरण जिल्लाले बनाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्लामा फोटोग्राफर व्यवसायलाई व्यवस्थित, चलायमान र सुरक्षित व्यवसाय बनाउनका लागि लाग्नुपर्ने बताएका थिए । उनीहरूले बढ्दो डिजिटल व्यवसायका कारण फोटोग्राफी धरापमा परेको भन्दै आफ्नो व्यवसायलाई सुरक्षित राख्नका लागि प्रविधिको विकासमा आफुलाई अव्वल बनाउन आग्रह गरेका थिए ।

त्यसैगरी जिल्ला व्यवसायीहरुका बिचमा अस्वस्थ प्रतिष्प्रर्धा हुने गरेको भन्दै त्यसलाई हटाएर सबै व्यवसायीले समान रुपमा व्यवसाय गर्ने वातावरण बनाउन सके व्यवसायीमा मर्का नपर्ने बताएका थिए । व्यवसायमा एकता आवश्यक रहेको भन्दै उनीहरुले व्यवसायको नीति नियम विपरीत जाने व्यवसायीलाई कारवाही गर्नुपर्ने समेत वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले जिल्लामा पछिल्लो समयमा अन्य व्यवसायसँगै नयाँ प्रविधिको विकासले फोटोग्राफर व्यवसायमा चुनौती थपिएको भन्दै त्यसबाट बच्नका लागि जिल्ला एसोसियसनले व्यवसायीको दक्षता विकासमा ध्यानदिनुपर्ने बताएका थिए ।

दाङ जिल्ला फोटोग्राफर एसोसियसनका अध्यक्ष दुर्गाप्रसाद चौधरीको अध्यक्षता भएको कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका सचिव गणेश दंगाल, दाङ जिल्ला उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष सविन प्रियासन, फोटोग्राफर महासंघका केन्द्रीय सदस्य नारायण खनाल, दाङ जिल्ला उद्योग बाणिज्य संंघका पूर्व सचिव सुन्दरमणि गौतम, नेपाल मोवाइल व्यवसायी महासंघ लुम्बिनी प्रदेश महासचिव शालिकराम खनाल, गल्ला तथा किराना व्यवसायी समितिका अध्यक्ष विनोदप्रसाद पाण्डेय, दाङ जिल्ला फोटोग्राफर एसोसियसनका पूर्व अध्यक्ष रोशनमान श्रेष्ठ, एसोसियसनका पूर्व उपाध्यक्ष शिवराज अधिकारी, रेडिमेट तथा फेन्सी व्यवसायी समिति घोराहीका अध्यक्ष निरञ्जन श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभाले महिला फोटोग्राफर उपसमिति गठन गर्ने र सदस्यता नवीकरण शुल्क बढाउने निर्णय गरेको छ । त्यसैगरी दाङ जिल्ला फोटोग्राफर एसोसियसनको प्रवक्ताको जिम्मेवारी उपाध्यक्ष हिमाल महरालाई दिने निर्णय गरेको छ । साधारणसभाको अवसरमा फोटोग्राफर एसोसियन दाङमा अध्यक्ष दुर्गाप्रसाद चौधरीले दश हजार, उपाध्यक्ष नारायण विकले स्वर्गीय आमा पार्वती विकको सम्झनामा ११ हजार पाँच सय ५५ रुपैया र फोटो व्यवसायी शंकर सुनारले स्वर्गीय आमा पप्पु सुनारको सम्झानामा १३ रुपैयाको अक्षयकोश स्थापना गरेका छन् ।

साधारणसभामा महासचिव लक्ष्मण न्यौपानेले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष ताराप्रसाद न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उपाध्यक्ष कृष्ण पन्थीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव लक्ष्मण न्यौपानेले गरेका थिए । साधारणसभामा ज्येष्ठ फोटोग्राफर भूपेन्द्रमान श्रेष्ठ, हुमबहादुर रेग्मी, साजन खत्री, ओम खड्का, निर्मला चौधरी र डोरबहादुर थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा एसोसियसनलाई सहयोग गर्ने विभिन्न संघ सस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्