रामेछापमा पहिराेमा परी २ जनाकाे मृत्यु – Kanika Khabar
Monday, February 16Nepali News Portal

रामेछापमा पहिराेमा परी २ जनाकाे मृत्यु

    मा प्रकाशित

रामेछाप, ९ भदाै ।

रामेछापमा गएकाे पहिराेका परी दुईजनाको मृत्यु भएकाे छ । अविरल वर्षापछिको पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको हाे भने साेही घटनामा परी ८ जना बेपत्ता भएका छन् ।

जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरको लेखखर्कमा गएराति पहिरोले चारवटा घर बगाएको थियो ।

पहिरोमा परी भीमबहादुर थापाकी छोरी चण्डिका थापा मगर र करिब एक वर्षको नाबालक छोराकाे मृत्यु भएकाे प्रहरीले बताएको छ ।

पहिरोले स्थानीय उर्मिला पहरी, काले पहरी, भीमबहादुर थापा मगर र अर्को एक घर बगाएको बताइएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्