जन्मदिनको अवसरमा बालकलाई सहयोग – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

जन्मदिनको अवसरमा बालकलाई सहयोग

    मा प्रकाशित

दाङ, ९ भदौ ।

होटेल पौवा घोराहीका म्यानेजर केडी शर्माले जन्मदिनको अवसरमा बालकलाई सहयोग गरेका छन् ।

होटेलका सुरक्षा गार्ड शिव शिर्पालीका पाँच वर्षीय छोरा चुमान शिर्पालीको शिक्षाका लागि उनले चार हजार रुपैयाँ सहयोग गरेका हुन् ।

जन्मदिनमा अन्य खर्च नगरी बालकको शिक्षामा सहयोग गरेको शर्माले बताए । चुमानको आमा नभएको र बुवाले मात्रै होस्टेल मै राखेर हुर्काउँदै आएकोमा अब शिक्षामा सहयोग मिलोस् भनेर जन्मदिनको खर्च कटौती गरी सहयोग गरेको उनले जानकारी दिए ।

‘जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा बालकको शिक्षामा सहयोग पुगोस् भनेर सहयोग गरेको हुँ,’ उनले भने,‘यसबाट बालकको शिक्षामा सहयोग मिलोस् भन्ने मेरो चाहना छ ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्