डिएन असाधारण अन्तर्राष्ट्रिय अवार्ड–२०२४ दाङका दाहाल र शर्मालाई – Kanika Khabar
Monday, February 16Nepali News Portal

डिएन असाधारण अन्तर्राष्ट्रिय अवार्ड–२०२४ दाङका दाहाल र शर्मालाई

    मा प्रकाशित

दाङ,१० भदौ ।
डिएन असाधारण अन्तर्राष्ट्रिय अवार्ड–२०२४ संगीतकार राजेन्द्र दाहालले प्राप्त गरेका छन् ।

धुन नेपालको आयोजनामा आइतवार मलेसियाको राजधानी क्वालालम्पुरमा भएको अवार्ड वितरण समारोहमा कार्यक्रममा डिएन असाधारण अन्तर्राष्ट्रिय पुरस्कार–२०२४ बाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दाङ शाखा अध्यक्ष समेत रहेका दाहाल सम्मानित भएका हुन ।

दाङको घोराही उपमहानगरपालिका–१२ हापुर निवासी दाहाल लामो समयदेखि लोक गीत संगीतका क्षेत्रमा सक्रिय रहेका छन् । उनी नेपालको तर्फबाट सम्मानित भएका हुन् । उत्कृष्ट म्युजिसिएनमा दाहाल सम्मानित भएका हुन् । त्यस्तै दोहोरी गीत गायन तर्फ दाङकै प्रेम शर्माले अवार्ड प्राप्त गरेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १२ निवासी शर्मा पनि लामो समयदेखि गीत संगीतको क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्