मा प्रकाशित
पाल्पा, १० भदौ ।
पाल्पामा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । रानीमहल जाँदै गरेको भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्य भएको हो ।
रानीमहल जाँदै गरेको यूपी १४ डिएन १०४ नम्बरको कार आइतबार राती पौने ११ बजे तानसेन नगरपालिका वडा नम्बर १ नारनडाँडास्थित रानीमहल सडकखण्डमै दुर्घटना भएको हो ।
दुर्घटनामा चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्य भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।


