आज कुशे ओैंशी अर्थात् आज बुबाको मुख हेर्ने दिन – Kanika Khabar
Sunday, April 20Nepali News Portal

आज कुशे ओैंशी अर्थात् आज बुबाको मुख हेर्ने दिन

    मा प्रकाशित

आज सोमबार, भाद्र कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन। बुबालाई सम्मान प्रकट गर्दै मनाइँदै छ।

आजको दिन बुबालाई भेटेर मिठा परिकार तथा उपहार दिने र आशीर्वाद लिने प्रचलन छ। छोराछोरीहरूले आफ्ना बुबालाई रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ।

बुबा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्।

आज काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेको छ।

यसैबीच, भाद्र कृष्ण औंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरी देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने चलन छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्