काठमाडौं, १८ भदाै।
नेकपा एमालेले आगामी निर्वाचनका लागि राेडम्याप तय गर्न थालेकाे छ । एमनलेले तय गर्दै गरेकाे राेडम्याप अनुसार २०८४ मा एक्लै चुनाव लड्ने भएकाे हाे ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनमा एक्लै लड्ने बताएका छन् । आज मंगलबारको पोलिट्ब्युरो बैठकमा ओलीले आगामी निर्वाचनमा गठबन्धन नहुने बताएका हुन् ।
“०८४ को निर्वाचनमा हामी गठबन्धन गर्दैनौँ । एक्ला–एक्लै चुनाव लड्नेछौँ,” प्रधानमन्त्री ओलीले थपे, `तर, चुनावपछि आवश्यताअनुसार सत्तासहकार्य हुन सक्छ ।´
ओलीले स्थानीय तहको उपनिर्वाचनमा पनि एमाले एक्लै लड्ने बताएका छन् । आगामी मंसिरमा स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन गर्ने सरकारको तयारी छ ।
आजको पोलिट्ब्युरो बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गरेका छन् । बुधबार (भोलि) बस्ने बैठकमा पोलिट्ब्युरो सदस्यहरूलाई बोल्नका लागि तीन मिनेटको समय दिइनेछ । त्यसपछि वार्षिक कार्ययोजनाबारे निर्णय हुने र समसामयिक प्रस्ताव पारित गर्ने तयारी एमालेको छ ।