पारालिम्पिककी पदक विजेता पलेसाकाे स्वागत – Kanika Khabar
Sunday, April 27Nepali News Portal

पारालिम्पिककी पदक विजेता पलेसाकाे स्वागत

    मा प्रकाशित

पेरिसमा ओलम्पिक २०२४को के– ४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेसाले कास्य पदक जितेकी थिइन्।

ऐतिहासिक पदक विजेता पलोसासहित नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङलगायतले स्वागत गरेका थिए। साथै उनको सम्मानमा बाजागाजासहित नगर परिक्रमा गराइएकाे छ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‍याली गौशाला, नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर पुगेकाे छ।

पलेसासँगै पारा तेक्वान्दो खेलाडी भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ पनि स्वदेश फर्किएका छन्।

पेरिस पारालिम्पिक अन्तर्गत रिपेचेजको कास्य पदक भिडन्तमा पलेसाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन्।

 

उनले रिपेचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन्। यो नेपाली खेलाडीले जितेको अहिलेसम्मकै ठूलो पदक हो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्