राष्ट्रपति पौडेलले पदक विजेता पलेशालाई दिए सम्मान – Kanika Khabar
Saturday, June 14Nepali News Portal

राष्ट्रपति पौडेलले पदक विजेता पलेशालाई दिए सम्मान

    मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन्।

शीतल निवासमा आयोजित एक कार्यक्रमका दौरान पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन्। त्यस्तै, राष्ट्रपतिले प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यस उपलब्धिले देशको शीर उच्च पारिएको र आगामी प्रतियोगितामा स्वर्ण पदक जित्ने राष्ट्रको अपेक्षा रहेको बताए।

सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, पलेशाका बाबु आमा, तथा खेल संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

पलेशाले पेरिस पारालम्पिकमा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजी मुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्