काङ्ग्रेस संसदलाई असोज ३ गतेसम्म उपत्यका नछाड्न ह्विप – Kanika Khabar
Saturday, October 12Nepali News Portal

काङ्ग्रेस संसदलाई असोज ३ गतेसम्म उपत्यका नछाड्न ह्विप

    मा प्रकाशित

काठमाडौँ, २६ भदौ ।
नेपाली कांग्रेसले आफ्ना सांसदलाई असोज ३ गतेसम्म काठमाडौँ नछाड्न ह्विप जारी गरेको छ । काङ्ग्रेसले पार्टीका सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौं नछाड्न निर्देशन दिएको हो ।

प्रमुख सचेतक श्याम घिमिरेले आज सूचना पठाउँदै काठमाडौंमै रहन भनेका हुन् ।

सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा रानाको आचरण सही नभएको भन्दै हटाउने प्रस्ताव गरेका थिए । त्यहीअनुसार अहिले कांग्रेस एमालेले तयारी गरिरहेका राजीनामा मागिरहेका छन् ।

उपसभामुखले राजीनामा नदिए हटाउने प्रस्ताव लैजाने गठबन्धनको तयारी छ । त्यसैले कांग्रेसले मात्रै नभएर एमालेले पनि यसअघि नै सांसदहरूलाई ३ गतेसम्म काठमाडौं नछाड्न भनिसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्