बिमल भण्डारी
एक्लो ऊ हिँडिरहेछ गल्लीमा
माया दिने आफन्त छैन,परिवार छैन,छिमेकी छैन
भौतारिरहेको छ ऊ एक्लै मैदानमा
कहिले बगर जान्छ ऊ कहिले सडक जान्छ
छैन कलम लेख्ने उसको हातमा
चहराइरहेको घाउमा लाउने मलम नि छैन उसको साथमा ।
एक्लै ऊ बरबराइरहेको छ
उसको आवाज बिलिन छ सुनिदिने न आफन्त छ न परिवार छ
लरखराइरहेको छ एक्लै ऊ मैदानमा
बिग्रिएको इन्जन जस्तो छ उसको जिन्दगी
न त अगाडि जान्छ न पछाडि धकेलिन्छ ।
एक्लै ऊ भक्कानिन्छ
आँसु पुछिदिने सहारा कोही छैन उसँग
दाम नि छैन उ सङ पेटभरि खाने माम नि छैन
छ त केबल मनभरिको माया साट्ने आफनै साथी आफैसँग
फेरि थामिन्छ क्षणभर नियन्त्रण गर्छ आफ्नै आत्मालार्ई
अनि हेर्छ खुल्ला आकाश, हराउँछ महसुस एक्लोपनको।
ऊ आफै लामो सास फेर्छ अनि देख्छ आफूजस्तै
एकल प्रकृतिले ठगिएको यात्री
थाहा छैन उसलार्इ बालअधिकार शब्दको परिभाषा
संसार रङीचङी देख्छ उm फुलबारी जस्तै,शान्त तलाउ जस्तै।
उसँग सबथोक छ आत्मबल, माया, भोक, प्यास,निन्द्रा
तर साथ दिने एकथोक मात्र छ उसँग केबल उसकै छाया ।