दाङ, २९ भदाै ।
दाङ जिल्ला उद्याेग वाणिज्य संघका अध्यक्ष बसन्त जाेशीले बालबालिकाकाे सुनिश्चित भविष्यका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेकाे बताएका छन् ।
६०ओैँ बालदिवसकाे अवसरमा दाङकाे घाेराहीस्थित राजविद्या पाठशालाले आयाेजना गरेकाे कार्यक्रम बाेल्दै प्रमुख अतिथि जाेशीले बालबालिका भविष्यकाे कर्णधार भएका कारण उनीहरूका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेकाे बताएका हुन् ।
`बालबालिकाकाे सुनाैलाे भविष्यका लागि विद्यालय र अभिभावककाे भूमिका महत्त्वपूर्ण रहन्छ । अभिभावक र विद्यालयकाे लगानीलाई बालबालिकाकाे भविष्यसँग जाेडिएकाे हुन्छ । पाठ्यक्रमले तय गरेकाे शिक्षाका साथै अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीहरूमा रहेका अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराउन विद्यालयले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ । विद्यालय पढाइका साथसाथै विद्यार्थीलाई सिपमूलक तथा व्यवहारिक शिक्षा आवश्यक रहन्छ ।´ जाेशीले बताए ।
कार्यक्रममा शैक्षिकसत्र २०८१ मा विद्यार्थीले गरेका विभिन्न अतिरिक्त क्रियाकलापका पुरस्कार तथा अवार्ड वितरण गरिएकाे थियाे । साथै विद्यार्थीहरूले विभिन्न नृत्य, याेगा तथा तेक्वान्दो प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अभिभावक मङ्गलाकान्त झा, तिलक रावतलगायतले मन्तव्य राखेका थिए ।
विद्यालयका प्रिन्सिपल टिकाजङ्ग बिकेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा छात्रा राविया बस्नेतले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रमकाे सहजीकरण शिक्षिका विद्या नेपाली र छात्रा विपासा बाेहराले गरेका थिए ।