दाङ, भाद्र २९ ।
दाङको घोराहीमा रहेको सर्बोत्तम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडकोे दशौंं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन आज शनिवार घोराहीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष ध्रुवराज पौडेलको सभापतित्व एवं घोराही उपमहानगरपालिका उपप्रमुख हुमा कुमारी डिसीज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथी उपप्रमुख डिसीले सहकारी संस्थाले नागरिकको सेवा मूलक काम गर्नुपर्ने भन्दै घोराही क्षेत्रका सहकारीको सवलीकरण र शुद्धिकरणका लागि उपमहानगरपालिकाले काम गरिरहेको बताउनुभयो । सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी बजार सञ्चालनमा ल्याएर जिल्लामा उदाहरणीय कार्य गरेको भन्दै उहाले यसलाई दिगो र अझ प्रभावकारी बनाउनका लागि उपमहानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रमका अतिथी जिल्ला सहकारी संघका दाङका लेखा सुपरीवेक्षण समितिका संयोजक होमलाल भुसालज्यूले सर्वोत्तम बहुउद्देश्यी सहकारी संस्थाले सञ्चालनमा ल्याएको सहकारी बजारलाई सफल बनाउनका लागि जिल्लाका सहकारीकर्मीहरु लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा संस्थाका सचिब हेमराज शर्माले प्रगति प्रतिवेदन,कोषाध्यक्ष गुरुप्रसाद खनालले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक खिमराज खनालले आन्तरीक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका व्यवस्थापक कमल थपलियाले सहकारी बजार परियोजनका बारेमा प्रस्तुती दिनुभएको थियो ।
सहकारी संस्थाका उपाध्यक्ष शालिकराम खनालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा जिल्ला सहकारी संघ दाङका वरिष्ठ उपाध्यक्ष माधब खनाल,बहुउद्देश्यीय सहकारी संघ दाङका अध्यक्ष कृष्णप्रसाद गौतम, सल्लाहकार कृष्णप्रसाद शर्मा, राष्ट्रिय सहकारी बंैक लि. घोराही शाखा प्रतिनिधि मिलन दंगाल,सम्मानित हुनेहरुका तर्फबाट ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारी,जिल्ला बचत संघ दाङका सचिब रामकृष्ण शर्मा,जिल्ला कृषि सहकारी संघका अध्यक्ष पद्मा आचार्य, लगायतकाले शुमकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नियमित रुपमा बचत गर्ने राजु गौतम, असल ऋण कारोबार गर्ने अतुल रेग्मी,सहकारी बजारमा सवैभन्दा बढी कारोबार गर्ने भानबहादुर खड्कालाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा सहकारी बजारमा धेरै कारोवार गर्ने ज्योतिपुञ्ज आ.मा.वि. घोराही,श्रीजना गोराथोकी,रवि शिल्पकार,किरण रोका,कुन्ता गिरी,मनिषा घर्ती मगर,सागर मजगैयाँ,केदार सीं बुढामगर र आशिका हमाल सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका सचिव हेमराज शर्माले गर्नु भएको थियो ।
साधारणसभाले निति तथा कार्यक्रमहरु र प्रगति विवरण समावेस गरी संचालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन सर्वसहमतिले पारित गरेको छ ।
यसैगरी वर्तमान अवस्थामा एकदुई वटा सहकारी संस्थामा आवद्ध थोरै संख्याका सदस्यहरुको थोरै पुँजी परिचालन मार्फत कार्य गर्दा आसातीत उद्धेश्यहरुको पूर्ती गर्न धेरै समय लाग्ने र बैंक वा वित्तिय संस्थाहरुसँग प्रतिस्पर्धा गर्न असहज हुने विश्वासका साथ स–साना सहकारीहरुमा आवद्ध सबै व्यक्तिहरुलाई एकाकार गरी एकै खालको सहकारी अभियानमा जोड्ने अभिप्रायले एक विशाल सहकारीको रुपमा स्थापीत गराउनका लागि आवश्यक सम्पूर्ण प्रकृयाहरु पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने निर्णय साधारणसभाले सर्वसम्मत रुपमा गरेको छ ।
सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो उद्देश्य अनुसार बिगत दुई बर्षदेखि घोराहीको तुल्सीपुर चोकमा सहकारी बजार सञ्चालनमा ल्याएको छ । बजारमा किनमेल गर्ने शेयर सदस्यहरुलाई कारोबार अंकको आधारमा प्रतिफल रकम दिदै आइरहेको छ ।
संचालक समितिको अध्यक्ष पदमा पौडेल निर्विरोध निर्वाचित
संस्थाको चौथो अधिवेशनबाट संचालक समितिको अध्यक्ष पदमा ध्रुबराज पौडेल सर्वसम्मत रुपले पुन निर्वाचीत हुनुभएको छ भने उपाध्यक्ष पदमा शालिकराम खनाल,सचिवमा हेमराज शर्मा,कोषाध्यक्षमा गायत्रा खनाल,सदस्यहरुमा युवराज थपलीया,गुरुप्रसाद खनाल,भावना आचार्य,कोमलराज पाण्डेय र भुपनारायण भण्डारी निर्विरोध निर्वाचीत हुनुभएको छ । त्यसैगरी संस्थाको लेखासुपरीवेक्षण समितिको संयाजक पदमा खिमराज खनाल,सदस्यहरुमा शिव भण्डारी र नारायण बञ्जाडे निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन उप समितिका संयोजक कृष्णप्रसाद शर्माले जानकारी दिनुभएको छ । निर्वाचीत संचालक तथा लेखासुपरीवेक्षण समितिका पदाधिकारी र सदस्यहरुलाई आजै पद तथा गोपनियताको सपथ ग्रहण र प्रमाण पत्र वितरण गरिएको थियो ।