डिजिटल कारोबारलाई निःशुल्क बनाउन छलफल गर्दै छु : प्रधानमन्त्री ओली – Kanika Khabar
Sunday, October 13Nepali News Portal

डिजिटल कारोबारलाई निःशुल्क बनाउन छलफल गर्दै छु : प्रधानमन्त्री ओली

    मा प्रकाशित

काठमाडौँ, ३० भदौ ।
प्रधानमन्त्री केपी हर्मा ओलीले डिजिटल कारोबारलाई निःशुल्क बनाउन छलफल थालेको बताएका छन् । आज सामाजिक सञ्जालमा स्टाटस सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले डिजिटल कारोबारमा लाग्ने अतिरिक्त शुल्कका पारेमा जनगुनासो आएको उल्लेख गर्दै त्यसलाई निःशुल्क बनाउन आफूले छलफल थालेको बताएका हुन् ।

यस्तो छ प्रधानमन्त्री ओलीको स्टाटस

हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेका छन् । आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं । इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौं । जाजरकोटका अबिन बिके लेख्नुहुन्छ– ‘अहिले म दैनिक रुपमा सयरपचास रुपैयाँका कारोबार दिनमा ५र६ पटक गर्छु र त्यहाँ हरेक पटक लाग्ने ११ रुपैयाँ ३० पैसा चार्जले मेरो दैनिक रुपमा ६०र७० रुपैयाँ खर्च हुन्छ । यसरी महिनामा मेरो दुई हजार देखि २२ सय सम्म खर्च हुन्छ, यो कसरी हटाउने होला ?’
साना डिजिटल कारोबार गर्दा निशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्