काठमाडौं, ३० भदाै ।
नेकपा (माओवादी केन्द्र)ले हिंसा शब्दबारे संसदमा उठेकाे विषय नटुङ्गिए आज पनि बैठक चल्न नदिने चेतावनी दिएकाे छ।
प्रतिनिधिसभा बैठक सुरु हुनुअघि बिएल नेपाली सेवासँग कुराकानी गर्दै माओदी सांसद लेखनाथ दाहालले विषय नटुङ्गिए आज पनि बैठक अवरुद्ध गर्ने बताएका हुन्।
‘शब्द नसच्चाइएसम्म हामी लडिरहन्छाैँ। आज पनि बैठक अवरुद्ध हुन्छ’, दाहालले भने।
आज दिउँसाे १ बजेका लागि प्रतिनिधिसभा बैठक बाेलाइएकाे भए पनि यही विवाद टुङ्ग्याउने प्रयासमा अहिलेसम्म बैठक बस्न सकेकाे छैन।
केही समयअघि संसदमा बाेल्ने क्रममा नेकपा (एमाले)का सांसद याेगेश भट्टराइले माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेका थिए। त्यस शब्दमाथि तत्काल माओवादी सांसदहरुले नियमापत्ति जनाएका थिए।
यद्यपि, सभामुख देवराज घिमिरेले उक्त शब्द र त्यतिबेलाकाे प्रसंग नियमविपरीत नभएकाे भन्दै संसदकाे रेकर्डबाट हटाउनु नपर्ने रुलिङ गरेकाे थिए।
सभामुखकाे रुलिङपछि बसेकाे बैठक माओवादीले अवरुद्ध गरेकाे थियाे भने आज पनि विषय नटुङ्गिएसम्म बैठक चल्न नदिने अडानमा माओवादी रहेकाे छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग याे विषय नटुङ्गिएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका थिए।