सांस्कृतिक डवली सञ्चालनको जिम्मा स्थानीय तहलाई – Kanika Khabar
Saturday, July 19Nepali News Portal

सांस्कृतिक डवली सञ्चालनको जिम्मा स्थानीय तहलाई

    मा प्रकाशित

देउखुरी,३० भदौ ।

लुम्बिनी प्रदेश सरकारले पाल्पामा निर्माण गरेको सांस्कृतिक डबली सञ्चालनको जिम्मा पाल्पास्थित एक स्थानीय तहलाई दिने भएको छ । लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्रालयले पाल्पाको तिनाउ गाउँपालिकामा रहेको नुवाकोट सांस्कृतिक डबली सञ्चालन तथा संरक्षणको अधिकार स्थानीय पालिकालाई दिने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश सरकारले यो डबली २०७७ सालमा ३ करोड ८५ लाख रुपैयाँ लागतमा निर्माण गरेको थियो। ‘प्रदेश सरकारले निर्माण गरेको सांस्कृतिक डबली सञ्चालन तथा संरक्षणको जिम्मा स्थानीय तिनाउ गाउँपालिकालाई दिने निर्णय गरिएको छ,’ प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने ‘यो डबलीको संरक्षण तथा सञ्चालन गरेर स्थानीय तहले नै आफ्नो आयस्रोतलाई बढाउने छ ।’

यो डबली उद्योग, पर्यटन तथा यातायात मन्त्रालय मातहतको पर्यटन डिभिजन कार्यालय मार्फत निर्माण भएको थियो। कार्यालयले उक्त डबली निर्माण गरेर पाल्पा दरबार संग्रहलाई हस्तान्तरण गरेको थियो । दरबार संग्राहलय समक्ष तिनाउ गाउँपालिकाले उक्त डबली सञ्चालन तथा संरक्षणका गर्न पाउनु पर्ने माग राख्दै पत्र लेखेको थियो ।

पालिकाको सोही आग्रहका आधारमा दरबार संग्राहलय बोर्डका अध्यक्ष मन्त्री न्यौपानेको अध्यक्षतामा बसेको बैठकले पालिकालाई सञ्चालन तथा संरक्षणको अधिकार दिने निर्णय गरेको हो । यो निर्णयलाई अब मन्त्री परिषदबाट अनुमोदन गराउने तयारी मन्त्रालयले गरेको छ । मन्त्री परिषदबाट निर्णय भएपछि तिनाउँ गाउँपालिकाले यो डबली सञ्चालनको अधिकार पाउने छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्