सरकारी डाक्टरले प्राइभेट क्लिनिकमा बिरामी पठाउन पाइन्छ ? – Kanika Khabar
Thursday, June 19Nepali News Portal

 सरकारी डाक्टरले प्राइभेट क्लिनिकमा बिरामी पठाउन पाइन्छ ?

    मा प्रकाशित

दाङ । तुलसीपुर उपमहानगरका नगर प्रमुख टीकाराम खड्काले इमान्दरपूर्वक आफ्नो जिम्मेवारी पुरा गर्न सरकारी डाक्टरहरुलाई आग्रह गरेका छन् ।
राप्ती प्रादेशिक अस्पतालको वार्षिक समीक्षा गोष्ठिलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले सरकारी डाक्टरले आफ्नो जिम्मेवारी पूरा नगर्दा सामूदायिक अस्पतालप्रति जनविश्वास घट्दो क्रममा रहेको बताए । ‘सरकारी अस्पतालका डाक्टर डियुटी नसकिदैँ निजी अस्पतालमा जाने गरेको जनगुनासो छ ।’ नगर प्रमुख खड्काले प्रश्न गर्दै भने, ‘डियुटी समयमै बिरामी डाक्टर खोज्न नीजी अस्पतालमा जानुपर्ने हो भने सरकारी अस्पताल भएको के काम ?’

सरकारी डाक्टरले सरकारी अस्पतालमै हुने सेवा लिन प्राइभेट क्लिनिकमा जान बाध्य पर्ने गरेको भन्दै डाक्टरलाई व्यापार नगर्न चेतावनी दिए । ‘सरकारी अस्पतालमै भएको सेवा लिन डाक्टरले आफूले काम गर्ने क्लिनिकमा जान बाध्य पार्ने गरेका छन् ।’ खड्काले भने, ‘सरकारी मै पाइने सेवा लिन प्राइभेटमा पठाउनु त व्यापार हो । सरकारी डाक्टरलाई व्यापार गर्ने छुट छैन् ।’ प्राइभेट क्लिनिकमा बिरामी पठाउने डाक्टरको सूचना संकलन गरिरहेको भन्दै नगर प्रमुख खड्काले त्यस्ता काम तत्काल बन्द नगरे सम्बन्धीत निकायमा कारबाही लागि लेखिपठाउने बताए

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्