दाङ । तुलसीपुर उपमहानगरपालिकाले विद्यालयका लागि शैक्षिक प्रमाणपत्रको शुल्क निर्धारण गरेको छ ।
विद्यालयले नियम विपरीत विद्यार्थीहरुसँग चर्को शुल्क लिएको गुनासो आएपछि मंगलबार बसेको शिक्षा समितिको बैठकले मावि तहसम्मको प्रमाणपत्र शुल्क निर्धारण गरेको हो । शिक्षा शाखा प्रमुख चक्र भण्डारीका अनुसार १ देखि ५ कक्षासम्मको पाँच सय, ६ देखि ८ कक्षासम्मको एक हजार र ९ देखि १२ कक्षासम्मको तीन हजार रूपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यो शुल्क तुलसीपुर उपमहानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा कार्यान्वयन गरिने शिक्षा शाखाले जनाएको छ । पालिकाले निर्धारण गरेभन्दा धेरै शुल्क लिएको पाइए विद्यालयलाई कारवाही गरिने भएको छ ।