तुलसीपुर बहुप्राविधिक शिक्षालय बन्यो देशकै उत्कृष्ट – Kanika Khabar
Saturday, October 12Nepali News Portal

तुलसीपुर बहुप्राविधिक शिक्षालय बन्यो देशकै उत्कृष्ट

    मा प्रकाशित

तुलसीपुर,२ असोज । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालय देशकै उत्कृष्ट शिक्षालय बनेको छ ।

राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका हुन् । एक लाख राशी सहित प्रधानमन्त्री ओलीबाट शिक्षालय सञ्चालक समितिका अध्यक्ष टिकाराम खड्का र शिक्षालय प्रमुख वसन्त आचार्य सम्मानित भएका हुन् ।

प्राविधिक शिक्षाको गुणस्तर र नतिजाका साथै विभिन्न क्रियाकलापका आधारमा शिक्षालयलाई उत्कृष्ट घोषणा गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बताइन् । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको शिक्षालयले डिप्लोमा तहका विभिन्न ६ वटा कार्यक्रम र प्रिडिप्लोमा तहका ३ वटा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

शिक्षालयलाई नेपालकै नमनुाकारुपमा सञ्चालन गर्नका लागि पुरस्कार र सम्मानले थप प्रेरणा दिएको शिक्षालय सञ्चालक समितिका अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्