तुलसीपुरको मावि सेन्टर बन्यो देशकै उत्कृष्ट विद्यालय – Kanika Khabar
Saturday, October 12Nepali News Portal

तुलसीपुरको मावि सेन्टर बन्यो देशकै उत्कृष्ट विद्यालय

    मा प्रकाशित

दाङ, २ असोज ।
यस वर्ष सार्वजनिक विद्यालयतर्फ दाङको तुलसीपुरस्थित मावि तुलसीपुर सेन्टर देशभरिमा प्रथम भएको छ । २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा मावि सेन्टर प्रथम भएको हो ।

त्यस विद्यालयलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरेका छन् । उक्त विद्यालयले नगद तीन लाखसहित सिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै, विश्व निकेतन मावि काठमाडौँले द्वितीय स्थान हासिल गर्दै दुई लाखसहित सिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय हुने दाङको शान्तिनगरस्थित जनकल्याण माविले एक लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र पाएको छ ।

प्राविधिक शिक्षालयतर्फ पनि तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युट तुलसीपुर उत्कृष्ट हुन सफल भएको छ । यो कलेज तुलसीपुर उपमहानगरपालिकाले संचालन गर्दै आएको छ । सर्वोत्कृष्ट नतिजा ल्याउने तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युट तुलसीपुर, नेपाल बनेपा बहुप्राविधिक बनेपा, काभ्रेपलाञ्चोक, जनता मावि वाणगङ्गा, कपिलवस्तु र नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स, काठमाडौँलाई एक लाखसहित राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्